अफगानिस्तानमा तीनमध्ये एक जनाले खान नपाउने !


एजेन्सी : संयुक्त राष्ट्रसंघले अफगानिस्तानमा छिट्टै खाद्यान्न संकट हुने चेतावनी दिएको छ ।

राष्ट्र संघका ह्युम्यानिटेरियन कोर्डिनेटर रामीज अलाकबारोभले मानवीय हिसाबले अफगानिस्तानको अहिलेको अवस्थो निकै त्रासपूर्ण रहेको भन्दै अबका केही दिनमा तीनमध्ये एक जनाले खान नपाउने अवस्था आउन सक्ने चेतावनी दिएका छन् ।

विश्व खाद्य कार्यक्रमको डिपोमा रहेको खाद्यान्न सेप्टेम्बर अन्त्यसम्ममा रित्तिने भन्दै उनले ३ करोड ८० लाख जनसंख्या भएको अफगानिस्तानमा एक तिहाइ मानिसले दुई छाक खान नपाउने अवस्था आउने दावी गरे ।

प्रकाशित : २०७८ भाद्र १७, बिहीबार १८:४५

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ