अक्षर कुमारकी आमाको निधन


बलिउड अभिनेता अक्षय कुमारकी आमा अरणा भाटियाको निधन भएको छ ।

अस्पतालमा उपचारकै क्रममा आमाको निधन भएको अक्षर कुमारले ट्वीटमार्फत जानकारी गराएका हुन् । विगत लामो समयदेखी विरामी आमालाई उनले मुम्बईको हिरानंन्दानी अस्पतालमा भर्ना गराएका थिए ।

आमा सिकिस्त बिरामी भएको खबर पाएपछि अक्षय कुमार लन्दनबाट सुटिङ छाडेर फर्केका थिए । आमाको निधनले उनी स्तब्ध बनेका छन् ।

उनले लेखेका छन्, ‘मेरो बुबा संग अर्को संसार मा पुनर्मिलन भएको छ । म, मेरो परिवारको रूपमा तपाईंको प्रार्थनाको सम्मान गर्दछु र म यो कठिन समयको माध्यम बाट जाँदैछु । ओम शान्ति ।’

अक्षय कुमारले आमाको निधन भएको कुरा सामाजिक संजालमा लेखेपछि धेरैले दुख ब्यक्त गरेका छन् ।

प्रकाशित : २०७८ भाद्र २३, बुधबार १०:४४

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ