इण्डोनेशियाको जेलमा आगलागी, ४१ जनाको मृत्यु


एजेन्सी : इण्डोनेशियाको राजधानी जकार्ताको बाहिरी क्षेत्रमा रहेको एक जेलमा आगलागी भएको छ ।

आगलागीमा परि कम्तिमा ४१ जनाको मृत्यु भएको जनाइएको छ । घटनामा थुपै्र घाइते भएका छन् । टैङ्गरेङ्ग जेलमा आगलागी हुँदा बुधबार विहान लागेको थियो जतिबेला अधिकांश कैदीहरू सुतिरहेका थिए ।

जेलको ‘ब्लक सी’मा आगलागी भएको थियो । ‘ब्लक सी’मा १२२ जना कैदी रहेको जेल प्रशासनले बताएको छ । उक्त ब्लकको क्षमता भने मात्र ४० कैदी राख्न मिल्ने रहेको थियो ।

सो ब्लकमा लागूपदार्थसँग जोडिएका कैदीहरूलाई राखिएको थियो । घाइते दर्जनौं कैदीको आइसीयुमा उपचार भइरहेको छ । जेलका प्रवक्ताले घटनाको अनुसन्धान सुरु भएको बताएका छन् ।

प्रकाशित : २०७८ भाद्र २३, बुधबार १४:१२

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ