काठमाडौं : गायक उदित नारायण झाले तीन ओटा सम्मान तथा अवार्ड पाएका छन् । उनले ‘नेल्सन मण्डेला पिस नोवेल अवार्ड’ ‘डक्ट्रेट एण्ड पोष्ट ह्यूमस’ र ‘ह्युमन एक्सलेन्स गोल्ड मेडल’ अवार्ड गरी तीन ओटा सम्मान तथा अवार्ड दिइएको हो ।
अवार्ड पाएको फोटोहरु सेयर गर्दै झाले सम्मान र अवार्ड पाएको कुराबारे फेसबुकमार्फत जानकारी दिएका हुन् । गायक उदित नारायण झाले नेपाली थुप्रै गीतहरूमा स्वर दिएका छन् । साथै, उनी भारतमा निकै लोकप्रिय गायकको रुपमा परिचित छन् ।
उनले नेपाली, हिन्दी, मैथिली, नेपाल भाषा, उर्दू, तमिल, तेलगु, मलयालम, कन्नड, उडिया, आसामी र सिन्धी भाषाहरूको चलचित्रमा पार्श्व गायकको रूपमा गीत गाएका छन् ।
उनले हालसम्म करीब ३२ भाषाहरूमा २५,००० भन्दा बढी गीत गाएका छन, जसमा २६० चलचित्रहरू हिन्दी भाषाका छन । उनले पद्म श्री पुरस्कार पनि जितेका छन् ।
उनले सन् २००१ मा प्रबल गोर्खा दक्षिण बाहु नेपालको तत्कालिन राजा श्री ५ बीरेन्द्र बिर बिक्रम शाह देवबाट प्राप्त गर्नुका साथै सन् २००९ मा भारतको उच्च सम्मान पदक पद्म श्री पुरस्कारबाट सम्मानित भएका थिए ।