तालिबानद्वारा अफगानिस्तानका पूर्वउपराष्ट्रपतिका भाइको ह’त्या


एजेन्सी : अफगानिस्तानका पूर्वउपराष्ट्रपति अमरुल्लाह सालेहका भाइ रोहुल्ला अजीजीको तालिबानले ह’त्या गरेको छ ।

पूर्वउपराष्ट्रपति सालेहका एक आफन्तले अजीजीको ह’त्या भएको पुष्टि गरेका हुन् । उनले रोयर्टसका लागि पठाएको एक एसएमएसमा तालिबानले अजीजीको ह’त्या गरेको र उनको अन्तिम संस्कार गर्न नदिएको उल्लेख गरेका छन् ।

पञ्जशीर प्रान्त तालिबानले कब्जा गर्ने क्रममा पूर्वउपराष्ट्रपति सालेहका भाइको ह’त्या भएको हो । पूर्वउपराष्ट्रपति सालेहको अवस्था भने अज्ञात छ ।

राजधानी काबुल तालिबानले कब्जा गरेपछि सालेह पञ्जशीर पुगेका थिए । त्यहाँ उनले तालिबान विरोधी समूह नेशनल रेसिस्टेन्स फ्रन्टलाई साथ दिएका थिए ।

केही दिनको लडाइँपछि तालिबानले पञ्जशीर कब्जा गर्ने सम्भावना भएपछि उनी हेलिकोप्टर चढेर त्यहाँबाट फरार भएको बताइन्छ ।

प्रकाशित : २०७८ भाद्र २६, शनिबार १०:००

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ