कारखानामा साँस लिन नसकेर ६ जनाको मृत्यु


एजेन्सी : उत्तर चीनको हेबेई प्रान्तको बाओडिङ शहरको एउटा कारखानामा शनिबार निसासिएर (साँस लिन नसकेर) ६ जनाको मृत्यु भएको छ ।

स्थानीय अधिकारीहरूका अनुसार दिउँसो करिब ३ बजको समयमा हेबेईको ग्रामिण क्षेत्र सुशुई जिल्लास्थित दासिन झुवान गाउमा उक्त घटना भएको हो ।

अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूमा जनाइए अनुसास डाउन ज्याकेट कारखानामा काम गर्ने मजदुरले कारखानाबाट निस्केको पानी फाल्ने पम्प जाँच गर्ने क्रममा बेहोस भएका र उनलाई उद्वार गर्न खोज्दा अरू थुप्रै बेहोस भएका थिए ।

प्रकाशित : २०७८ भाद्र २६, शनिबार २०:०४

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ