कम्युनिष्ट नेता गोन्जालोको जेलमै निधन


एजेन्सी : पेरू क्रान्ति तथा माओवादी आन्दोलन ‘साइनिङ पाथ’का नेता अबिमाइल गुज्मान गोन्जालोको ८६ वर्षको उमेरमा निधन भएको छ ।

लामो समयदेखि बिरामी रहेका उनको पेरुको कायालो क्षेत्रको सैन्य जेलमा स्थानीय समयअनुसार शनिबार बिहान मृत्यु भएको हो । उनी छालाको क्यान्सरबाट पीडित रहेका थिए ।

पेरु माओवादी आन्दोलन ‘साइनिङ पाथ’ का नेता गोन्जालो सन् १९९२ राजधानी लिमाबाट गिरफ्तारीमा परेका थिए । आतंक फैलाएका आरोपमा सरकारले उनलाई आजीवन जेल सजाय दिएको थियो ।

गोन्जालो दर्शनशास्त्रका प्राध्यापक समेत हुन् । उनको नेतृत्वमा भएको सशस्त्र आन्दोलनमा ७० हजारको ज्यान गएको थियो ।

प्रकाशित : २०७८ भाद्र २७, आईतवार ०९:१५

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ