Breaking- गुजरातको मुख्यमन्त्री बने भूपेन्द्र पटेल


दिल्ली : गुजरातको मुख्यमन्त्रीमा भूपेन्द्र पटेल नियुक्त भएका छन् । सत्तारुढ भारतीय जनता पार्टीको मुख्यालय गान्धीनगरमा आज बसेको बैठकले पटेललाई मुख्यमन्त्रीमा नियुक्त गरेको हो ।

हिजो मात्रै विजय रुपाणीले मुख्यमन्त्रीको पदबाट राजीनामा दिएका थिए । प्रधानमन्त्री नरेन्द्र मोदीको गृहनगर भएकाले पनि गुजरातको मुख्यमन्त्री परिवर्तनलाई लिएर देशव्यापी चासो थियो ।

आगामी वर्ष हुने विधान सभाको चुनावलाई मध्यनजर गर्दैै बीजेपीले मुख्यमन्त्री फेरबदल गरेको हो ।

प्रकाशित : २०७८ भाद्र २७, आईतवार १६:४३

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ