अमेरिकामा बस्दै आएकी नेपाली महिलाले सगुनमा लगानी गरिन् ५ लाख डलर


अमेरिका : अमेरिकाको टेक्सास, ड्यालसमा बस्दै आएकी नेपाली महिला यमुना भट्टराईले सगुनमा ५ लाख अमेरिकी डलर लगानी गरेकी छिन् । अहिले उनको एकाएक चर्चा भइरहेको छ ।

यमुना अमेरिकामा व्यवसाय गर्छिन् । उनी लगानी गरेको ‘सगुन’ नेपालीहरूले शुरू गरेको इकमर्श कम्पनी हो । लगानी गरेपछि उनले भनेकी छन्, ‘मैले एउटा स्टार्ट अप कम्पनीमा लगानी गरुला भनेर कहिल्यै सोचेकी थिइन । तर सगुनको दीर्घकालिन भिजन, बलियो टिम, विशिष्ट प्राविधिक नवप्रवर्तन, हालै भएका उपलब्धिहरु र भरपर्दो भावी व्यापार योजना देखेर सफल हुने विश्वासका साथ लगानी गरेको छु ।’

सगुनसंग जोडिन पाएकोमा उनी खुसीसमेत व्यक्त गरेकी छन् । सगुनका संस्थापक गोविन्द गिरीले यमुनाले सगुनमा गरेको लगानीबाट आफूहरु थप उत्साहित भएको बताए । उनको भनाई छ, ‘यमुना जस्ता प्रवासमा बस्ने धेरै नेपाली तथा दक्षिण एसियाली उद्यमीहरुले सगुनजस्ता स्टार्टअप कम्पनीहरुले प्रदान गर्ने अवसरबारे जानकारी राख्नु निकै उत्साहजनक कुरा हो ।’

सन् २०१५ मा औपचारिक रुपमा शुरु गरिएको सगुनका अमेरिका, नेपाल र भारतमा कार्यालयहरु छन् । सगुन एप गुगल प्लेस्टोर र एप स्टोरमा गएर सजिलै डाउनलोड गर्न सकिन्छ । सगुनको प्ल्याटफर्ममा प्रयोगकर्ताहरुले आफ्नो कथा, फोटो र भिडियो शेयर गर्छन्, आफ्ना साथीहरुसंग कुराकानी गर्छन् र उनीहरुले कमाएको ‘स्मार्ट कोइन’ हरु परिवार र साथीहरुलाई उपहार किन्न खर्च गर्न सक्छन् ।

प्रयोगकर्ताहरुले अहिले सम्म १ अर्ब ७० करोडभन्दा बढी ’ स्मार्ट क्वोइन’ हरु आर्जन गरिसकेका छन् जसमध्ये ५३ करोड ३० लाख ’स्मार्ट क्वोइन’ हरु परिवार तथा साथीहरुलाई उपहार दिन वा किनमेल गर्न खर्च गरिसकेका छन् । हालसम्म सगुनले सगुन स्टोरी, न्युज हेडलाइन्स, मुड टक, सोसियल स्मार्ट कार्ड बजारमा ल्याइसकेको छ । अब चाडै सपिंग तथा ‘भ्वाइस स्टोरी’ फिचरहरु पनि बजारमा ल्याउने तयारीमा छ ।

प्रकाशित : २०७८ आश्विन ६, बुधबार १७:१४

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ