मलेसियामा नेपाली महिला पक्राउ, बच्चा जन्माएर मारे’को आरोप


काठमाडौं : मलेसियामा अवैध बच्चा जन्माई मारेर लुकाएको आरोपमा त्यहाँको प्रहरीले एक नेपाली महिलालाई पक्राउ गरिएको छ ।

मलकाराज्यस्थित आलोर गाजाह प्रहरीले बच्चा जन्माई मारे’र लुकाएको अवस्थामा नेपाली महिलालाई पक्रेको हो । आलोर गाजाहका प्रहरी प्रमुख सुप्ट अरशद अबूका अनुसार मलकास्थित एक कम्पनीको होस्टेलमा बच्चा जन्माएर कोठामै कालो प्लास्टिकले पोको पारेर राखेको अवस्थामा २८ बर्षिय महिलालाई नियन्त्रणमा लिइएको हो ।

पक्राउ परेकी महिलाको परिचय खुलाइएको छैन । उनले आफ्नो प्रेमी पनि नेपाली नै रहेको बताएपछि प्रहरीले उनलाई पनि पक्राउ गर्ने तयारी गरेको छ ।

प्रकाशित : २०७८ आश्विन ८, शुक्रबार ११:२१

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ