बिहारको नदीमा डुङ्गा डुब्यो : २२ जनाको मृत्यू, खोजी जारी


टुडेखोज : भारतको बिहार राज्यमा पर्ने मोतिहारीमा आज दुःखद घटना घटेको छ । आज विहान नदीमा डुङ्गा डुबेपछि २२ जना बेपत्ता भएका हुन् ।

घटना शिकारगञ्ज थानाको गोढियाँ गाउँमा भएको आजतकले जनाएको छ । स्थानीय प्रहरी र उद्धारकर्मी टोली उद्धारमा जुटेका छन् । डुङ्गा डुबेको केहि बेरमा एक जनाको शव फेला परेको छ । २१ जना अझै सम्पर्क विहिन छन् ।

घटनापछि गोढियाँ गाउँ शोकमा डुबेको छ । अहिले नदी तटबन्धमा ठूलो भीड लागेको बताइएको छ । डुङ्गा डुबेको घण्टौं वितिसक्दा पनि बेपत्ताहरु फेला नपरेकाले उनीहरुको मृत्यू भएको हुनसक्ने अनुमान छ ।

प्रकाशित : २०७८ आश्विन १०, आईतवार १२:१०

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ