भारतमा गुलाब आँधी : ठुलो वर्षा र हावाहुरी, १० औं हजारलाई सुरक्षित स्थान सारियो


एजेन्सी : भारतमा गुलाब चक्रवातका कारण पूर्वी राज्यहरुबाट दशौं हजार मानिसलाई सुरक्षित स्थानमा सारिएको छ । सुरक्षित सारिएका मानिसहरु त्रसित बनेका हुन् ।

आइतबार साँझदेखि भीषण वर्षा र भयंकर हावाहुरी आउने क्रम जारी रहेको छ भने चक्रवातको प्रभाव वंगालको खाडीसम्म आईसकेको छ । चक्रवातले बाढी र पहिरोको जोखिम पनि बढाएको छ । प्रतिघण्टा ९५ किलोमिटरका गतिले आईरहेको आँधी मध्यरातबाट उडिसा र आन्द्रप्रदेशमा पनि प्रवेश गरेको छ ।

आँधी प्रभावित राज्यहरुबाट हजारौं मानिसलाई सुरक्षित स्थानमा सारिएको छ भने नदी किनार, नहर तथा समुद्रि किनारमा नजान चेतावनी दिइएको छ ।

प्रकाशित : २०७८ आश्विन ११, सोमबार ०९:१६

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ