यमनमा भएको झडपमा ६७ जनाको मृत्यु


दुबई : यमनमा भएको झडपमा परी ६७ जनाको मृत्यु भएको छ । देशको मुख्य सहर मानिने मारिबमा उनीहरू मारिएको स्रोतले जानकारी दिएको हो ।

‘पछिल्लो २४ घण्टामा मारिब र शाब्वामा भएका हवाई आक्रम’ण तथा झडपमा परी हुथी विद्रो’ही र यमनी उदारवादी पक्षका गरी ६७ जनाको मृत्यु भएको छ,’ सैन्य स्रोतले भन्यो । अस्पताल स्रोतले पनि ६७ जनाको मृत्यु भएको पुष्टि गरेको छ ।

विद्रोहीहरूले भने कहिले कहिले मात्रै आफ्नो तर्फको क्षति स्वीकार्ने गरेका छन् । सैन्य स्रोतले दिएको जानकारी अनुसार पछिल्लो एक दिनमा साउदी अरब नेतृत्वको गठवन्धन सेनाले २० हवाई आक्रम’ण गरेको थियो ।

इरानको समर्थन रहेको हुथी विद्रो’हीहरूलाई साउदी अरब नेतृत्वको गठबन्धन सेनाले हवाई आक्रम’ण गरेको थियो ।यही महिना मात्रै अरू पनि दर्जनौँ लडाकूहरू मारिएको स्रोतले जनाएको छ ।

मारिबमा लगातार झडप हुन थालेपछि हजारौँ स्थानीय बासिन्दा विस्थापित भएका छन् । प्रान्तभरी रहेका शरणार्थी शिविरहरूमा २० लाखभन्दा बढी शरणार्थी रहेका छन् । रासस

प्रकाशित : २०७८ आश्विन ११, सोमबार २१:२७

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ