जापानमा शक्तिशाली भूकम्प


एजेन्सी : जापानमा बुधबार शक्तिशाली भूकम्प आएको छ । जापान भूगर्भ विभागले दिएको जानकारी अनुसार ६.१ म्याग्नीच्युडको भूकम्प आएको हो ।

जापानको सामुद्रीक क्षेत्रमा केन्द्रविन्दु भएर भूकम्प आएकाले मानवीय क्षति भने हुन नपाएको अधिकारीले जनाएका छन् । स्थानीय समय अनुसार बेलुका ५ बजेर ३७ मिनेटमा भूकम्प आएको विभागले जानकारी दिएको छ ।

भूकम्पबाट भएको क्षतिको विवरण भने आइसकेको छैन । भूकम्प आएपनि आँधीको सम्भावना नदेखिएको विज्ञहरुले जनाएका छन् ।

प्रकाशित : २०७८ आश्विन १४, बिहीबार १७:१३

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ