फ्रान्सका पूर्व राष्ट्रपतिलाई जेल सजायको फैसला


पेरिस : फ्रान्सका पूर्व राष्ट्रपति निकोलस सार्कोजीलाई अदालतले जेल सजायको फैसला गरेको छ । सन् २०१२ मा राष्ट्रपतिमा आफु पुनः निर्वाचित हुनका लागि सहयोग पुग्ने गरी चलाइएको अभियानमा अवैधानिक रुपमा सहयोग गरेको आरोप उनलाई लगाइएको थियो ।

सोही आरोपका आधारमा अदालतले उनलाई दोषी ठहर गर्दै एक बर्ष कारागार राख्नुपर्ने सजाय बिहीबार सुनाएको हो । सार्कोजी संलग्न भएको गलत ठानिएको यो दोस्रो घटना हो ।

यसअघि अर्को एउटा प्रकरणमा पनि उहाँको संलग्नता पुष्टि भएको थियो । त्यो घटनाका कारण ६६ बर्षीय सार्कोजीलाई गत मार्चमा तीन बर्षे जेल सजाय तोकिएको छ । रासस

प्रकाशित : २०७८ आश्विन १४, बिहीबार २०:०२

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ