भारतमा पेट्रोल र डिजेलको मूल्य वृद्धिले रेकर्ड तोड्यो


एजेन्सी : छिमेकी देश भारतमा पेट्रोल र डिजेलको मूल्य अहिलेसम्मकै रेकर्ड तोडिने गरी बढेको छ । नेपाल पेट्रोलियम पदार्थमा भारतमाथि नै निर्भर छ ।

बीबीसीका अनुसार आइतबार भारतमा पेट्रोल र डिजेलको मूल्य यसअघिको रेकर्ड तोडिने गरी वृद्धि भएको हो ।प्रतिलिटर पेट्रोलको मूल्य लगातार तेस्रो दिन २५ पैसाले बढेको छ । डिजेलको मूल्य पनि ३० पैसाले बढेको छ ।

राजधानी दिल्लीमा पेट्रोलको मूल्य प्रतिलिटर १०२ रुपैयाँ २९ पैसा र मुम्बईमा १०८ रुपैयाँ ४३ पैसा भारु पुगेको छ । डिजेलको मूल्य पनि दिल्लीमा ९० रुपैयाँ ७७ पैसा र मुम्बईमा ९८ रुपैयाँ ४८ पैसा भारु पुगेको छ ।

तेल कम्पनीले बढाएको मूल्यको बोझ आम मानिसमाथि नपरेको त्यहाँको सरकारले दाबी गरेको छ । पेट्रोलियम पदार्थ आपूर्तिमा भारतको अवस्था बेलायतको जस्तो नभएको भारतका सरकारी अधिकारीहरूले बताएका छन् ।

अहिले अन्तर्राष्ट्रिय बजारमा तेलको मूल्य तीन वर्ष यताकै महँगो बनेको छ । बेलायत लगायत केही देशमा मूल्यवृद्धि र आपूर्ति असन्तुलनले ठूलो समस्या निम्त्याइसकेको छ ।

प्रकाशित : २०७८ आश्विन १७, आईतवार २०:२२

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ