अफगानिस्तानको मस्जिद विस्फोटः कम्तीमा ५० जनाको मृत्यु


काबुल : अफगानिस्तानको उत्तरी सहर कुन्दुजस्थित एक मस्जिदमा शुक्रबार भएको ब’म विस्फो’टमा कम्तीमा ५० जनाको मृत्यु भएको छ । अगस्टमा तालिबानले सत्ता नियन्त्रणमा लिएपछि भएको यो अर्को हिंसात्म’क घटना हो ।

‘हामीसँग ९० जनाभन्दा बढी घाइतेहरु उपचारका लागि आएका छन् । यो संख्या बढ्न सक्छ । अरु धेरै मान्छेहरु पनि आइरहेका छन्,’ नाम उल्लेख नगर्ने सर्तमा बोर्डर अस्पतालका एक चिकित्सकले एनडीटीभीलाई भने ।

तालिबान प्रवक्ता जाबिहुल्ला मुजाहिदले पनि कुन्दुजको सिद मुस्लिम समुदायको प्रार्थनाको समयमा उक्त विस्फो’टमा केही अपरिचित मान्छेहरु मारिएको र घाइते भएको विवरण आफूले पाएको बताए । यो विस्फोटको जिम्मा कसैले नलिएपनि पछिल्ला हिंसाका घटनाहरुमा तालिबानसँग राम्रो सम्बन्ध नरहेको आतंकवादी संगठन इस्लामिक स्टेट दोषी पाइएको छ ।

रगत आवश्यक भएपछि दान गर्न अस्पताल पुगेका स्थानीय व्यापारी जालमाइ अलोकजाइले त्यहाँ देखिएको रक्तपातपूर्ण अवस्थाको वर्णन गरे । ‘मैले त्यहाँ ४० भन्दा बढी शवहरु देखेँ’ समाचार एजेन्सी एएफपीलाई उनले भने, ‘एम्बुलेन्सहरु अन्य शव ल्याउन घटनास्थल गैरहेका थिए ।’

प्रकाशित : २०७८ आश्विन २२, शुक्रबार १७:५९

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ