भारतको केरलामा बाढीले ६ जनाको मृत्यु


एजेन्सी : भारतको केरलामा वर्षासँगै आएको बाढीले जनजीवन प्रभावित भएको छ । बाढीले बगाउँदा अहिलेसम्म ६ जनाको मृत्यु भएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।

अहिले पनि पानी निरन्तर परिरहेकाले नागरिकको उद्धार तथा राहतको काममा सेना परिचालन गरिएको केरलाका रक्षा जनसम्पर्क कार्यालयले जनाएको छ। केरलाको इडुकी, पथनमथिट्टा, त्रिसूर र कोट्टयम बाढीका कारण सबैभन्दा धेरै प्रभावित भएका छन्

भारतको मौसम विज्ञान विभागले केरला, कर्नाटक, तमिलनाडू, पुडुचेरी र कराईकल लगायतका क्षेत्रमा आज भारी वर्षाको सम्भावना रहेकोले सचेत रहन आग्रह गरेको छ । अरब सागरमा बनेको पानी पार्ने प्रणालीका कारण पाँच जिल्लामा ‘रेड अलर्ट’ र सात जिल्लामा ‘ओरेन्ज अलर्ट’ जारी गरेको छ।

प्रकाशित : २०७८ आश्विन ३१, आईतवार ०७:२३

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ