कारखानामा आगो लागेपछि १५ मजदुरको मृत्यू


मस्को : रुसको रियाजान क्षेत्रको एक कारखानामा शुक्रबार भएको ब’म विष्फोट र त्यसपछिको आगलागीमा परी कम्तीमा १५ जनाको मृत्यु भएको टस समाचार एजेन्सीले जनाएको छ ।

घटनाको समयमा उक्त कारखानामा १७ जना कामदारहरू थिए । औद्योगिक विष्फो’टक पदा’र्थ उत्पादन गर्ने कारखानामा १५ जानाको शव भेटिएको छ । विष्फो’टन पश्चात् १६० वर्ग किलोमीटर क्षेत्रमा लागेको आगो निभाइएको छ ।

विष्फो’टनमा कार्यशाला भवन पूर्णरुपमा ध्व’स्त भएको छ । घटनाको कारण अझै पत्ता लागेको छैन । घटनाको अनुसन्धान सुक्ष्म तरिकाले गरिरहेको स्थानीय सरकारी अधिकारीहरुले बताएका छन् । सिन्ह्वा

प्रकाशित : २०७८ कार्तिक ६, शनिबार ०६:२९

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ