कुवेतमा २ हजार १९० मजदुरलाई देश निकाला गर्यो


दोहा । नेपाली कामदारको श्रम गन्तब्य रहेको कुवेतले एक महिनाको अबधिमै २ हजार १९० विदेशी कामदारलाई देश निकाला गरेको छ ।

कुवेतको गृह मन्त्रालयका अनुसार अक्टोबर १ देखि नोभेम्बर २ तारिखसम्म आबासीय कानून उल्लङ्घन गर्ने २ हजार १९० आप्रवासी कामदारलाई देश निकाला गरिएको जनाएको छ ।

विदेशी कामदारलाई देश निकाला यो निर्णय त्यहाँका गृहमन्त्री शेख थामेर अल-अलीले लिएका थिए र त्यसपछि गृह मन्त्रालयका उपसचिव लेफ्टिनेन्ट जनरल शेख फैसल अल-नवाफले पछ्याएका थिए।

यसघि कुवेतले विभिन्न समयमा गैरकानुनी रुपमा बस्दै आएका नेपाली सहित बिदेशी नागरिकलाई कानुनी प्रक्रिया पूरा गरी कुवेतमै बस्न वा सिमित जरिवाना तिरेर आआफ्नो मुलुक फर्किन दिएको समय सिममा पनि नफर्किएकाहरु विरुद्ध कडा कदम चल्दै त्यस्ता व्यक्तिहरुलाई पक्राउ गरेको छ ।

कुवेतले गैरकानूनी रुपमा बसेका बिदेशी कामदार माथि धडपकडको अभियान नै संचालन गरेर आबासीय भिसा अनुमति बिनै लुकीछिपी बसेका हजारौं बिदेशी कामदारलाई पक्राउ गरेको थियो । जेल भरिएको कारण तत्कालका लागि धडपकडको अभियान स्थगित गरिएको जनाएको छ ।

प्रकाशित : २०७८ कार्तिक १९, शुक्रबार १७:२२

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ