अस्पतालमा आगो लाग्यो, १० बिरामीको मृत्यु


भारत महाराष्ट्रको अहमदनगर जिल्लास्थित अस्पतालमा आगो लागेपछि कम्तिमा १० जनाको मृत्यु भएको छ । सिभिल अस्पतालको आईसीयूमा आगो लागेको हो ।

अहमदनगरका जिल्ला कलेक्टरले सो वार्डमा १७ जना कोराना संक्रमितको उपचार भइरहँदा आगलागी भएको बताएका छन् । उनले ती मध्ये १० जनाको मृत्यु भएको बताएका छन् । उनले विद्युत शर्ट हुँदा आगलागी भएको दाबी गरेका छन् ।

घटनापछि महाराष्ट्रका मुख्यमन्त्री उद्धव ठाकरेले छानबनिको आदेश दिएका छन् । मृतकका आफन्तले सफाइका लागि ३ घण्टासम्म ढोका बन्द हुँदा क्षति भएको बताएका छन् । एजेन्सी

प्रकाशित : २०७८ कार्तिक २०, शनिबार १९:१२

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ