चर्चित भारतीय लेखिका भण्डारीको निधन


नयाँ दिल्ली । भारतकी चर्चित लेखिका मन्‍नु भण्डारीको सोमबार निधन भएको छ । हरियाणास्थित नारायण अस्पताल, गुरुग्राममा उनको उपचारका क्रममा निधन भएको हो ।

भारतीय सञ्चारमाध्यमका अनुसार लामो समयदेखि अस्वस्थ रहेकी भण्डारीको अस्पतालमा उपचार चल्दै थियो । छोरी रचनाले उनको निधनको पुष्टि गर्दै आफूले जीवनको अमूल्य चिज गुमाएको उल्लेख गरेकी छन् ।

भण्डारीका आप्का बन्टी, महाभोज, यही सच हैुलगायतका थुप्रै कृतिहरू अत्यन्त चर्चित छन् । उनको जन्म सन् १९३१ को अप्रिल ३ मा भएको थियो । ९० वर्षको उमेरमा उनको निधन भएको हो । एएनआई

प्रकाशित : २०७८ कार्तिक ३०, मंगलवार ०८:०१

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ