पाकिस्तानमा बला’त्कारीलाई नपुंसक बनाउने विधेयक पास !


पाकिस्तानमा अब बला’त्कारमा संलग्न व्यक्तिले नपुंसक बन्नुपर्ने हुन सक्छ । त्यहाँकाे संसद्ले पारित गरेकाे बलात्कारसम्बन्धी नयाँ विधेयकमा संलग्नलाई नपुंसक बनाउन सकिने गरी कडा सजाय ताेकिएकाे हाे ।

पाकिस्तानमा केही वर्षयता बला’त्कार घटनाबारे बढ्दाे जनाक्रोशलाई हेर्दै नयाँ कडा कानुन बनाउने निर्णय गरिएकाे थियाे । त्यहाँ गत वर्ष बला’त्कारका दाेषीलाई नपुंसक बनाउनेबारे एक अध्यादेशसमेत ल्याइएकाे थियाे ।

करिब एक वर्षपछि यस्तै प्रावधानहरूलाई एक विधेयकमा पेस गरियाे, जुन अस्ति बुधबार संसद्काे संयुक्त सत्रमा पास गरिएकाे हाे । यद्यपि, बला’त्कारीहरूलाई नपुंसक बनाउने प्रावधानकाे कट्टर इस्लामी गुटहरूले विराेध गरिरहेका छन् ।

जमात-ए-इस्लामी पार्टीका सेनेटर मुस्ताक अहमदले विधेयकलाई इस्लाम-विरोधी र शरियाविरुद्ध भनेका छन् । ‘शरियामा नपुंसक बनाउने कुरा कहिँकतै छैन’ उनको भनाई छ ।

प्रकाशित : २०७८ मंसिर ३, शुक्रबार ०६:१८

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ