कोभिड नयाँ भेरियन्टको त्रास : विद्यार्थीलाई अष्ट्रेलिया र जापान प्रवेशमा रोक


सिड्नी । अष्ट्रेलिया र जापानले विदेशी विद्यार्थीमाथि प्रतिबन्ध लगाएका छन् ।‌ कोभिडको नयाँ भेरियन्ट ओमिक्रोन भाइरसको जोखिम बढेको भन्दै दुई देशले अन्तराष्ट्रिय विद्यार्थीलाइ प्रवेशमा रोक लगाएका हुन् ।

विद्यार्थीलाइ प्रवेशमा रोक्ने निर्णयबाट विभिन्न देशका विद्यार्थी प्रभावित हुने भएका छन् । अस्ट्रेलियाले आज १ डिसेम्बरदेखि लागू हुने गरी विदेशी विद्यार्थीमा प्रतिबन्ध लगाएको हो । यो प्रतिबन्ध दुई सातासम्म लागू हुनेछ ।

जापान सरकारले सोमबारदेखि लागू हुने गरी सबै अन्तराष्ट्रिय विद्यार्थीमाथि प्रतिबन्ध लगाइएको जनाएको छ । कोभिडको नयाँ भेरियन्ट देखिएपछि यी दुबै देशले अफ्रिकी मुलुकसँगको हवाई यात्रामा रोक लगाएका थिए ।

प्रकाशित : २०७८ मंसिर १५, बुधबार ११:५१

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ