मलेसियामा मधेसी मजदुर ठाकुरको मृत्यु


दोहा । वैदेशिक रोजगारीका क्रममा मलेसियामा रहेका एक मधेसी मजदुरको मृत्यु भएको छ । मृत्यू हुनेमा सुनसरीका सन्तोष कुमार ठाकुर रहेका छन् ।

विगत ५ वर्षदेखि मलेसियाको पेनाङको पेराई पुलाउ पिनाङको एक म्यानुफ्याक्चरिङ कम्पनीमा कार्यरत उनी शौचालय गएका थिए । तर लामो समयसम्म नफर्किएपछि खोजतलास गर्दा उनी शौचालयमै ढलेको अवस्थामा फेला परेका थिए ।

ठाकुरको शौचालयमै मृत्यु भएको पाइएको कम्पनीले जनाएको छ । उनको शव पोस्टमार्टमका लागि स्थानीय अस्पताल पठाईएको छ । पोस्टमार्टम रिपोर्ट आएपछि त्यहाँ रहेको नेपाली दूतावाससँग समन्वय गरी शवलाई नेपाल पठाईदिने कम्पनी प्रशासनले जनाएको छ ।

प्रकाशित : २०७८ मंसिर १६, बिहीबार ११:४१

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ