भारतमा कार दुर्घटना : एउटै अस्पतालका ५ कर्मचारीको मृत्यू


एजेन्सी । उत्तरी भारतको हरियाणा राज्यमा शुक्रबार भएको सडक दुर्घटनामा निजी अस्पतालका पाँच कर्मचारीको मृत्यु भएको छ । घटनामा एक जना गम्भीर घाइते भएका छन् ।

भारतको राजधानी दिल्लीको बाहिरी भागमा रहेको गुरुग्राम जिल्लाको साधराना गाउँ नजिकै उक्त दुर्घटना भएको हो । सेक्टर ८४ स्थित जेनेसिस अस्पतालका ६ जना कर्मचारी अस्पताल फर्किंदै गर्दा स्थानीय समय अनुसार बिहान १ बजे दुर्घटना भएको थियाे ।

हरसरु–साधराना सडकमा तीब्र गतिमा गुडिरहेको कार अनियन्त्रित भई इँटामा ठोक्किएर सडक छेउमा पल्टिएको स्थानीय अखबार द ट्रिब्यूनले प्रहरी अधिकारीहरूलाई उद्धृत गर्दै लेखेको छ । घाइते कर्मचारीलाई अस्पताल भर्ना गरिएको छ ।

अखबारकाअनुसार पीडितहरू आफ्ना सहकर्मीको विवाह समारोहमा भाग लिएर अस्पताल जाँदै थिए। मृतकहरु विभिन्न राज्यका रहेको पत्रिकाले जनाएको छ । शवलाई शवगृहमा राखिएको र थप अनुसन्धान गरिरहेको प्रहरी अधिकारीले जनाएको छ ।

प्रकाशित : २०७८ मंसिर १७, शुक्रबार १५:०५

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ