अमेरिकामा गाडी दुर्घटना: एक नेपालीको मृत्यू


अमेरिकामा गाडीले ठक्कर दिँदा एक नेपालीको मृत्यु भएको छ । दुर्घटनामा न्युयोर्कमा बस्दै आएका ६४ वर्षीय नेपाली नागरिक आङकामी शेर्पाको मृत्यु भएको हो ।

शेर्पाको स्थायी घर सोलुखुम्बु हो । उनी त्यहाँको तत्कालीन टाप्टिङ गाविसका पूर्वअध्यक्ष पनि हुन् । घटना विवरणअनुसार हिजो आइतबार बिहान न्युजर्सीको वेस्ट विन्डसरमा स्क्वायर नजिकै यूएस १ पार गर्न खोज्दा शेर्पालाई गाडीले ठक्कर दिएको थियो ।

शेर्पाको मृत्यूबारे अमेरिकाको प्रहरीले अनुसन्धान गरिरहेको बताइएको छ । मृतक शेर्पा अमेरिकामा परिवारसहित विगत १२ वर्षदेखि बस्दै आएका थिए ।

प्रकाशित : २०७८ मंसिर २०, सोमबार ०७:२४

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ