एनआरएनए निर्वाचन संयोजक पौडेलले किन राजिनामा दिए ?


लण्डन । गैरआवासीय नेपाली संघ (एनआरएनए)को निर्वाचन समितिका संयोजक लीलामणि पौडेलले राजीनामा दिएका छन् । उनी राजिनामा दिएको पुष्टि गैरआवासीय नेपाली संघका अध्यक्ष कुमार पन्तले गरे ।

उनका अनुसार पौडेलले बार एसोसिशनको जारी आन्दोलनका कारणले संघको निर्वाचनमा समय दिन नसक्ने भन्दै पदबाट शुक्रवार राजीनामा दिएका हुन् ।पाैडेल नेपाल बार एसोसिएसनका महासचिव हुन् ।

पौडेलको राजीनामा पछि संघका संस्थापक मध्येका एक रामप्रताप थापालाई कार्यवाहक निर्वाचन आयुक्त तोकिएको संघले जनाएको छ । गैरआवासीय नेपाली संघको निर्वाचन समितिले आगामी डिसेम्बर २६ र २७ तारिख हुने निर्वाचन तालिकामा परिवर्तन गरेको छ ।

निर्वाचन समितिका अनुसार आज शनिबार हुने उम्मेदवारी दर्ता १६ डिसेम्बर सम्मका लागि सरेको छ । संघको निर्वाचन समितिका अनुसार मतदाता नामावली प्रकाशित गर्न प्राविधिक रुपमा थप समय आवश्यक भएकोले मिति पछि सारेको हो ।

एनआरएनए निर्वाचनको लागि डिसेम्बर १६ तारिख बिहान १० बजेदेखी १७ तारिख बिहान १० बजेसम्म उम्मेदवारी गर्दा गर्ने समितिले जनाएको छ । तर पौडेलको राजीनामापछि अब नयाँ संयोजक बनाउनुपर्नेछ ।

प्रकाशित : २०७८ मंसिर २५, शनिबार ०८:४५

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ