अमेरिकामा भीषण आँधी : ५० जनाभन्दा बढीको मृत्यू


अमेरिकाको केन्टकी राज्यमा शुक्रबार राति आएको भीषण आँधीका कारण अहिलेसम्म ५० जनाभन्दा बढीको मृत्यु भएको आशंका गरिएको छ । राज्यका गभर्नर एन्डी बेशियरले यसलाई केन्टकीको इतिहासमा सबैभन्दा खराब आँधी भएको बताए ।

उनले मृतकको संख्या एक सय पुग्न सक्ने बताए । न्युयोर्क टाइम्सका अनुसार आँधी आएको समयमा मेफिल्डको मैनबत्ति बनाउने कारखानामा करिब १०० जना मानिस थिए । जसमध्ये करिब एक दर्जनको मृत्यु भएको हुनसक्ने बेशियरले बताए ।

प्रशासनिक अधिकारीहरूले शुक्रबार राति आएको आँधीले दक्षिणी इलिनोइसमा रहेको अमेजन गोदामलाई ध्वस्त पारेको बताएका छन् । छत भत्किँदा कति मानिस घाइते भएका छन् भन्ने अझै स्पष्ट नभए पनि स्थानीय आपतकालीन सेवा संगठनले फेसबुकमार्फत ठूलो क्षति भएको बताएको छ ।

प्रभावित क्षेत्रमा बस्दै आएकी साराह बियरम्यानले आफ्नो साथी अझै बेपत्ता भएको बताइन् । समाचार एजेन्सी रोयटर्ससँग कुरा गर्दै उनले भनिन्, ‘मैले आज राति करिब ८ बजे उनीसँग कुरा गरेको थिएँ । त्यसअघि मैले उसलाई मेसेज गरेको थिएँ। र ऊ आफ्नो भ्यान छोड्न गोदाम जाँदै थियो । त्यसपछि ऊ सँग कुरा हुन सकेको छैन ।’

प्रकाशित : २०७८ मंसिर २५, शनिबार २०:११

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ