मोदीको ट्वीटर एकाउन्ट ह्याक भएपछि…


नयाँदिल्ली । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको ट्वीटर ह्याण्डल केही समयका लागि प्रधानमन्त्रीको नियन्त्रण बाहिर गएको दाबी गरिएको छ ।

प्रधानमन्त्रीको कार्यालयले आइतबार ट्वीट गरेर प्रधानमन्त्री मोदीको व्यक्तिगत ट्वीटर एकाउन्ट केही समय ‘ह्याक’ भएको जानकारी दिएको हो । मोदीको निजी एकाउन्टबाट आइतबार बिहान २ बजेर ११ मिनेट तथा २ बजेर १५ मिनेटमा बिटक्वाइनसम्बन्धी उस्तै ट्वीट गरिएको थियो ।

ती ट्वीटमा भारतमा बिटक्वाइनलाई वैध टेण्डरका रुपमा स्वीकार गरिएको र सरकारले आधिकारिक रुपमा ५०० बिटक्वाइन किन्ने तथा त्यसलाई देशका नागरिकमा बाँडिने उल्लेख थियो । दुवै ट्वीट केही मिनेटमै ‘डिलिट’ गरिएको थियो । तर स्क्रिनशट भने सामाजिक सञ्जालमा भाइरल भएका छन् ।

प्रधानमन्त्री कार्यालयले बिहान ३ बजेर १८ मिनेटमा ट्वीट गरेर मोदीको निजी एकाउन्ट केही समयका लागि ह्याक भएको जानकारी दिएको हो । ह्याक भएको समयको ट्वीटलाई आधिकारिक नमान्न आग्रह गरिएको छ ।

प्रकाशित : २०७८ मंसिर २६, आईतवार १०:४६

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ