टाउको झुकाउँछौँ तर नेपालसँगको सम्बन्ध बिग्रिन दिन्नौं : भारतीय रक्षामन्त्री सिंह


नयाँ दिल्ली । भारतीय रक्षामन्त्री राजनाथ सिंहले चीनलाई लक्षित गर्दै नेपाल र भारतबीचको सम्बन्ध बिगार्न केही शक्ति लागिरहेको टिप्पणी गरेका छन् ।

भारतको देहरादुनमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्नेक्रममा उनले नेपालसँगको सम्बन्धबारे बोलेका हुन् । मन्त्री सिंहले भनेका छन्, ‘सरकारी प्रतिनिधिको हैसियतमा म तपाईंलाई भन्न चाहन्छु, शीर झुकाउनु पर्‍यो भने झुकाउँछौं तर, छिमेकी नेपालसँगको सम्बन्ध टुट्न दिँदैनौं ।’

राजनाथ सिंह मोदी सरकारका तेस्रो वरीयताका मन्त्री हुन् । भाजपाका पूर्व अध्यक्षसमेत रहेका सिंह नेपालप्रति नरम दृष्टिकोण राख्ने भारतीय नेता मध्ये पर्छन् । नेपाल र भारतबीचको सम्बन्धमा नेपालले नयाँ संविधान जारी गरेपछि उतारचढाव आइरहेको छ ।

प्रकाशित : २०७८ मंसिर २९, बुधबार १८:२०

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ