आफ्नो बच्चा मारेको भन्दै बाँदरले कुकुरसँग लियो बदला, २५० कुकुरको लियो ज्यान


महाराष्ट्र । भारतको महाराष्ट्र राज्यस्थित बीड जिल्लामा बाँदरको एक समूहले कुकुरसँग बदला लिएको छ । स्थानीयका अनुसार कुकुरले आफ्नो बच्चालाई मारेको भन्दै बाँदरको समूहले बदला लिएको हो ।

बदलामा बाँदरले २५० कुकुरको ज्यान लिएको भारतीय मिडियामा खबर छ । बाँदरले लिएको बदला देखेर आफूहरु हैरान बनेको स्थानीयले बताएका छन् । स्थानीयका अनुसार केही हप्ताअघि केही कुकुरले बाँदरको बच्चालाई लखेटी लखेटी मारेका थिए ।

कुकुरले आफ्नो बच्चा मारेको बदला लिन बाँदरहरुको एक समूह बन्यो र सो समूहले आफ्नो क्षेत्रभित्र रहेका करिब २५० कुकुरको ज्यान लिएको हो । हालः गाउँमा कुनै पनि कुकुर बाँकी नरहेको स्थानीयले बताएका छन् ।

बाँदरले कुकुर मारेको भिडियो सामाजिक सञ्जालमा भाइरलसमेत बनेको छ । यो विषयमा जताततै चर्चा चलिरहेको छ । यो घटनालाई धेरैले अविश्वसनिय र अकल्पनियको रुपमा लिएका छन् ।

प्रकाशित : २०७८ पुष ४, आईतवार २१:५२

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ