पीयूष जैन : जसको घरमा भेटियो २५७ करोड रुपैयाँ


टुडेखोज । भारतको कानपुरका अरबपति इत्र (पर्फयूम) कारोबारी पीयूष जैन पक्राउ परेका छन् । अकुत सम्पत्ति आर्जन गरेको आरोपमा उनलाई आयकर विभागले पक्राउ गरेको हो ।

आयूषसँग विभागले झण्डै ५० घण्टा सोधपुछ गरेको छ । उनको घरमा विभागको टोलीले छापा मारेपछि २५७ करोड भन्दा बढी भारतीय रुपैया बरामद भएको आजतकले जनाएको छ । तिजोरी तोडेर विभागको टोलीले यतिधेरै नगद बरामद गरेको यो भारतमै पहिलो घटना हो ।

अरबपति जैन पक्राउ परेपछि काकादेव प्रहरी कार्यालयको भुँइमा सुतेको तस्विर यतिबेला भाइरल बनेको छ । उनीमाथि अहिले पनि अनुसन्धान जारी छ । स्रोतका अनुसार उनको दुबइमा समेत सम्पत्ति छन् ।

प्रकाशित : २०७८ पुष १२, सोमबार १४:४८

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ