ज्यान मार्ने प्रयास गरेका एसपी पाण्डेलाई निलम्बन नगरे चक्काजाम हुन्छ : रामचन्द्र यादव


जयनाथ यादव, लहान । नेपाली काँग्रेस सिरहाका सभापति रामचन्द्र यादवले आफूमाथि ज्यान मार्ने उदेश्यले आक्रमणको प्रयास गरेका एसपी हिराबहादुर पाण्डेलाई निलम्बन नगरिए चक्काजाम गर्ने चेतावनी दिएका छन् ।

आईतवार राति धनुगढीमाई नगरपालिकामा पर्ने जिरोमाइलस्थित घरमै आएर एसपी पाण्डेले आफूलाई गालीगलौज गरेको तथा पेस्तो-ल तेर्साएर ज्यान मार्ने प्रयास गरेको पूर्वसाँसद समेत रहेका यादवले आरोप लगाए । उनले भनेका छन्- डिआइजी साहेबले निलम्बन गर्ने आश्वासन दिनुभएको छ । यदि निलम्बन भएन भने चक्काजाम जस्ता आन्दोलन गर्छौ ।

सभापति यादव र पार्टीका जिल्ला सचिव उपेन्द्र यादवले संयुक्त रुपमा विज्ञप्ती जारी गर्दै घटनाको घोर भत्र्सना समेत गरेका छन् । अमानविय अमर्यादित र प्रहरी प्रमुख जस्तो व्यक्ति गैर जिम्मेवारी व्यवहार गरेको विज्ञप्तीमा उल्लेख छ ।

एसपी पाण्डेलाई अबिलम्ब बर्खास्त गरि फौजदारी अभियोग अन्तर्गत कडा कारबाही गर्न सरकासँग विज्ञप्तीमार्फत माग समेत गरेका छन् । उक्त घटनाको विरोधमा काँग्रेसका कार्यकर्ताहरुले सोमवार दिउँसो जिरोमाइलमा पूर्वपश्चिम राजमार्ग अवरुद्ध समेत गरेको थियो ।

एसपी पाण्डे गो’ली मार्न कांग्रेस सिराहा सभापति यादवको घरमा पुगेपछि…

 

प्रकाशित : २०७८ पुष १९, सोमबार २०:२१

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ