विमानको ट्वाइलेटमा भेटियो भर्खर जन्मेको बच्चा !


बीबीसी । एयर मरिससका कर्मचारीले आफ्नो विमानको शौचालयमा फोहोर फाल्ने भाँडोमा एउटा नवजात शिशु फेला पारेका छन् ।

विमानस्थलका अधिकारीहरूले विमानको नियमित जाँच गर्दा त्यहाँ भर्खर जन्मिएको जीवित शिशु फेला पारेका थिए । उक्त विमान जनवरी १ मा म्याडाग्यास्करबाट सर सिवुसागुर रामगुलाम अन्तर्राष्ट्रिय विमानस्थलमा आएको थियो ।

म्याडग्यास्करकी २० वर्षीया युवतीलाई बच्चा जन्माएर त्यसरी फालेको आशंकामा पक्राउ गरिएको छ । शिशुलाई तत्काल उपचारका लागि अस्पताल लगिएको थियो । पक्राउ परेकी महिलाले सुरुमा बच्चा आफ्नो नभएको दाबी गरेकी थिइन् ।

चिकित्सकीय परीक्षणमा भने उनले भर्खरै बच्चा जन्माएको पुष्टि भएको छ । ती महिलालाई प्रहरीको निगरानीमा अस्पतालमै राखिएको छ भने दुवैको स्वास्थ्य अवस्था राम्रो रहेको बताइएको छ ।

प्रकाशित : २०७८ पुष २०, मंगलवार १३:११

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ