नयाँ दिल्लीमा २४ घण्टामै भेटिए १० हजार ६५५ कोरोना संक्रमित, ८ जनाको मृत्यू


भारतको राजधानी नयाँ दिल्लीमा कोरोना संक्रमितको संख्या तिब्र गतिमा बढिरहेको छ । पछिल्लो २४ घण्टामै १० हजार ६५५ जनामा कोरोना संक्रमित भेटिएका हुन् ।

योसहित नयाँ दिल्लीमा संक्रमितको संख्या २३ हजार ३०७ पुगेको छ । उक्त राज्यमा कोरोना संक्रमण दर ११.८८ प्रतिशत पुगेको टिभी च्यानल आजतकले जनाएको छ ।

मंगलवार नयाँ दिल्लीमा ५ हजार ४८१ जनामा संक्रमण पुष्टि भएको थियो । तर २४ घण्टामै दोब्बर संक्रमित भेटिएपछि सर्वसधारणमा डर पसेको छ । त्यहाँका मुख्यमन्त्री अरबिन्द केजरिवाल समेत संक्रमित भइसकेका छन् ।

यस्तै पछिल्लो २४ घण्टामै ८ संक्रमितको मृत्यू समेत भएको छ । मृतक र संक्रमित संख्या समेत बढेको दिल्लीमा विनामास्क हिडडुल गर्न रोक लगाइएको छ । सरकारले स्वास्थ्य सतर्कता अपनाउन अपिल गरेको छ ।

प्रकाशित : २०७८ पुष २१, बुधबार २१:०८

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ