ओमिक्रोन अत्यधिक बढ्ने अनुमान, तयारी रहन अस्पतालहरुलाई मन्त्रालयको निर्देशन


काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोभिड १९ को ओमिक्रोन भेरियन्टले गर्दा अस्पतालहरुमा अत्यधिक चाप हुनसक्ने भन्दै अस्पतालहरुलाई तयारी अवस्थामा रहन निर्देशन दिएको छ ।

मन्त्रालयले आज प्रेस विज्ञप्ति जारी गर्दै संक्रमितको उपचारका लागि अक्सिजनलगायत अन्य सामग्रीको यथेस्ट जोहो गर्न र स्वास्थ्यकर्मीहरुलाई तयारी अवस्थामा रहन पनि निर्देशन दिएको छ । ओमिक्रोनका कारणले अत्यधिक मात्रामा कोभिड केसहरु बढ्न सक्ने भएकाले आवश्यक सजगता अपनाउन पनि मन्त्रालयले सर्वसाधारणलाई अनुरोध गरेको छ ।

नयाँ भेरियन्ट पहिचानका लगि अहिले राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालासँगै वीर, सिभिल, वीरेन्द्र सैनिक, त्रिवी शिक्षण अस्पतालका साथै प्रदेश २ को जनस्वास्थ्य प्रयोगशाला र भेरी अस्पतालबाट सरकारले जिन सिक्वेन्सिङ परीक्षण गरिरहेको छ ।

आज मात्रै नेपालमा थप २४ जनामा कोरोनाको ओमिक्रोन भेरिएन्ट पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । मन्त्रालयले मंसिर २० गते नेपालमा पहिलोपटक ओमिक्रोन पुष्टि भएको जनाएको थियो ।

मंसिर २० गते एक जना विदेशी नागरिक र उनको सम्पर्कमा आएका अर्का व्यक्तिमा ओमिक्रोन पुष्टि भएको थियो । त्यसपछि पुस ७ गते एक जनामा ओमिक्रोन पुष्टि भएको थियो । योसँगै नेपालमा २७ जनामा ओमिक्रोन भेरिएन्ट पुष्टि भएको छ ।

नेपालमा थप २४ जनामा ओमिक्रोन भेरिएन्ट संक्रमण पुष्टि

 

प्रकाशित : २०७८ पुष २३, शुक्रबार १४:५१

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ