अमेरिकाको एक अपार्टमेन्टमा आगलागी : १९ जनाको मृत्यु, ३२ घाइते


काठमाडौं । अमेरिकाको न्युयोर्कमा रहेको एउटा अपार्टमेन्टमा आगलागी हुँदा कम्तीमा १९ जनाको ज्यान गएको छ ।

ज्यान गुमाउनेमध्ये आठ जना बालबालिका छन् । ३२ जना घाइते भएका छन् । घाइतेहरूमध्ये धेरैको अवस्था गम्भीर छन् । १९ तले भवनको दोस्रो र तेस्रो तलामा आगलागी भएकोमा धुवाँले गर्दा सबै तलमा आगलागीको प्रभाव परेको छ ।

आगोको मुस्लो र धुवाँमा निसास्सिएर धेरैको ज्यान गएको न्युयोर्कका मेयर एरिक एडम्सलाई उद्धृत गर्दै बीबीसीले जनाएको छ ।

प्रकाशित : २०७८ पुष २६, सोमबार ०७:१७

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ