समाजसेवी चौधरीले फेरी बाँडे ४० विपन्नलाई कम्बल


धर्मेन्द्र पासवान, सिरहा । नेपाली काँग्रेसका लहान नगर सभापति एवं समाजसेवी महेश चौधरीले पुनः ४० जना दलित विपन्नलाई कम्बल वितरण गरेका छन् ।

आईतवार लहान नगरपालिका १५ का ४० जना विपन्नहरुलाई चौधरीले कम्बल वितरण गरेका हुन् । गरिबीका कारण चिसो छल्न कम्बल किन्न नसकेका उनीहरुलाई कम्बल सहयोग गरेको चौधरीले बताएका छन् ।

चौधरीले यसअघि पनि लहानका विभिन्न वडाका दलित विपन्नलाई कम्बल बाँडेका थिए । चौधरीले श्रीमती स्वर्गिय संगिता कर्माचार्यको स्मृतिमा कम्बल बाँड्ने गरेका छन् ।

यो पनि हेर्नुहोस् :
सिरहा काँग्रेस सभापतिमा फेरी उम्मेदवारी दिने रामचन्द्र यादवको घोषणा
माग पुरा नभएसम्म किसान आन्दोलन जारी रहन्छ : निर्मल मण्डल
दलितमाथि अत्याचार नरोकिए आन्दोलन गर्ने दलित अगुवाहरुको चेतावनी

प्रकाशित : २०७८ पुष २६, सोमबार ०९:१८

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ