भारतीय रक्षामन्त्री राजनाथ सिंहमा पनि कोरोना पुष्टि


भारतीय रक्षामन्त्री राजनाथ सिंहमा पनि कोरोना संक्रमण देखिएको छ । उनले ट्वीट गरेर आफ्नो कोरोना रिपोर्ट पोजेटिभ आएको जानकारी दिएका हुन् ।

७० वर्षीय सिंह भारतीय जनता पार्टी (भाजपा)का बरिष्ट नेता छन् । उनले आफ्नो सम्पर्कमा आएका व्यक्तिलाई कोरोना परीक्षण गराउन र आइसोलेट हुन अपिल गरेका छन् ।

भारतमा तीब्र गतिमा संक्रमण फैलिन थालेको छ । यो तेस्रो लहर हो । अहिले दैनिक डेढ लाखभन्दा बढी मानिस संक्रमित भइरहेका छन् । भारतमा संक्रमण बढेपछि नेपाल समेत खतराको सूचीमा छ ।

प्रकाशित : २०७८ पुष २६, सोमबार १६:५६

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ