विहारका मुख्यमन्त्री नीतिश कुमारमा पनि कोरोना पुष्टि


टुडेखोज, जनकपुरधाम । भारतको विहार राज्यका मुख्यमन्त्री नीतिश कुमारमा पनि कोरोना संक्रमण पुष्टि भएको छ ।

मुख्यमन्त्री कार्यालयको आधिकारिक ह्वीटर ह्याण्डलबाट उनी संक्रमित भएको जानकारी गराइएको छ । संक्रमित भएलगत्तै मुख्यमन्त्री नीतिश कुमार होम आइसोलेशनमा बसेको भारतीय मिडियाले जनाएको छ ।

अहिले भारतमा तीब्र गतिमा कोरोना संक्रमण फैलिरहेको छ । भारतका रक्षामन्त्री राजनाथ सिंह पनि आजै संक्रमित बनेको बताइएको छ ।

प्रकाशित : २०७८ पुष २६, सोमबार १९:३६

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ