मानिसमा सुँगुरको मुटु सफलतापूर्वक प्रत्यारोपण, हेर्नुस् भिडियो


एजेन्सी । अमेरिकाका एक पुरुषमा सुँगुरको मुटु सफलतापूर्वक प्रत्यारोपण गरिएको छ । अमेरिकाको बाल्टिमोरका ५७ वर्षीय डेभिड ब्यानेटलाई अनुवांशिक रुपमा परिमार्जन गरिएको सुँगुरको मुटु प्रत्यारोपण गरिएको हो ।

युनिभर्सिटी अफ मेरिल्याण्ड मेडिकल सेन्टरका चिकित्सकहरूको टोलीले ७ घन्टा लामो शल्यक्रिया गरी मुटुको प्रत्यारोपण गरेका हुन् । प्रत्यारोपण नै व्यानेटको जीवन रक्षा गर्ने एक मात्रै विकल्प भएको चिकित्सकहरुले बताएका छन् ।

सुँगुरको मुटु प्रत्यारोपणपछि ब्यानेटको दीर्घ जीवन हुन्छ कि हुँदैन अझै निश्चित भएको छैन् । तर प्रत्यारोपणको तीन दिनमा उनको स्वास्थ्यमा सुधार आएको बताइएको छ । शल्यक्रिया गर्नु एक दिन अघि ब्यानेटले मर्नु वा प्रत्यारोपण गर्नु एक मात्रै विकल्प आफूसँग भएकाले आफूले प्रत्यारोपणलाई रोजेको बताएका छन् ।

प्रकाशित : २०७८ पुष २७, मंगलवार ०९:३५

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ