एमाले सिरहा अध्यक्षमा पुनः मण्डल, उपाध्यक्षमा डा. नविन यादव


लहान । नेकपा एमाले सिरहाले सर्वसम्मत रुपमा नेतृत्व चयन गरेको छ । लहानमा भएको जिल्ला अधिवेशनबाट चन्देश्वर मण्डललाई पुनः अध्यक्ष चयन गरिएको हो ।

उपाध्यक्षमा डा. नवीन यादव, सचिवमा उग्रनारायण यादव, सहसचिवमा दुईजना श्याम श्रेष्ठ र शिवशंकर महतो चयन भएका छन् । उपाध्यक्षमा चयन भएका डा. यादव पूर्वसांसद स्व. हेमनारायण यावदका छोरा र सहसचिव श्रेष्ठ पूर्वमन्त्री लीलानाथ श्रेष्ठका भाई हुन् ।

मण्डलको अध्यक्षतामा बनेको १३५ सदस्यीय जिल्ला कमिटीमा दिनेश यादव, हरिदेव यादव, रामसौगारथ यादव, धिरेन्द्र प्रसाद यादव मोरवैता, शिवशंकर झालगायतका सदस्य छन् ।

यो पनि हेर्नुस् :
सिरहा काँग्रेस सभापतिमा फेरी उम्मेदवारी दिने रामचन्द्र यादवको घोषणा
मधेस आन्दोलनका प्रथम शहिदलाई बिर्सिदै प्रदेश सरकार, लहानमा बलिदानी दिवस नमनाउने
मानिसमा सुँगुरको मुटु सफलतापूर्वक प्रत्यारोपण, हेर्नुस् भिडियो

प्रकाशित : २०७८ पुष २७, मंगलवार ०९:५१

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ