भारतमा २४ घण्टामै झण्डै २ लाख संक्रमित थपिए, ४४२ जनाको मृत्यु


भारतमा कोरोना संक्रमणदर ह्वात्तै बढेको छ । पछिल्लो २४ घण्टामै झण्डै २ लाख मानिसमा कोरोना संक्रमण पुष्टि भएको हो । यो तथ्यांकले कोरोना संक्रमण नयाँ रेकर्ड बनाएको छ ।

एक लाख ९४ हजार मानिसमा कोरोना संक्रमण पुष्टि भएको भारतीय सञ्चारमाधयमहरुले जनाएको छ । सोही अवधिमा ४४२ जनाको मृत्यु समेत भएको छ । मंगलबार १ लाख ६९ हजार जनामा संक्रमण पुष्टि र२७७ जनाको मृत्यु भएको थियो ।

भारतको राजधानी दिल्लीमा प्रत्येक चार व्यक्तिमध्ये एक जनामा संक्रमण पुष्टि भएको छ । दिल्लीमा २३ जनाको मृत्यु भएको छ, जुन पछिल्लो आठ महिनायताकै सबैभन्दा धेरै रहेको बताइएको छ ।

प्रकाशित : २०७८ पुष २८, बुधबार ११:५४

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ