नेदरल्यान्ड्समा स्कुटरको ठक्करबाट एक नेपालीको मृत्यु


बार्सिलोना । नेदरल्यान्ड्सको पुरमेरेन्डमा स्कुटरको ठक्करबाट एक नेपालीको मृत्यू भएको छ ।

आइतबार साँझ स्कुटरले ठक्कर दिँदा गम्भीर घाइते भएका दाङका एक नेपालीको उपचारको क्रममा मृत्यू भएको हो । मृत्यू हुनेमा ५६ वर्षीय विकास शर्मा छन् । एम्स्टर्डम मेडिकल कलेजमा आइतबार राति नै उपाचारको क्रममा उनको मृत्यु भएको बताइएको छ ।

मृतक शर्माका श्रीमती, एक छोरा र एक छोरी नेदरल्यान्ड्समा नै रहेका छन् । उनी लामो समयदेखि नेदरल्यान्ड्समा बस्दै आएका थिए ।

प्रकाशित : २०७८ माघ ५, बुधबार ०९:१०

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ