इन्डिया गेटमा सुभाष चन्द्र बोसको प्रतिमा स्थापना गर्ने मोदीको घोषणा


प्रधानमन्त्री नरेन्द्र मोदीले इन्डिया गेटमा नेताजी सुभाष चन्द्र बोसको प्रतिमा स्थापना गर्ने घोषणा गरेका छन् । प्रधानमन्त्री मोदीले आज ट्वीट गर्दै यो जानकारी दिएका हुन् ।

भारत सरकारले इण्डिया गेटस्थित अमर जवान ज्योतिमा प्रज्वलित ज्वालालाई राष्ट्रिय युद्ध स्मारकको ज्वालामा मिलाउने निर्णय गरेको बेला प्रधानमन्त्री मोदीले यो घोषणा गरेको आजतकले जनाएको छ ।

प्रधानमन्त्री मोदीले भनेका छन्, ‘सम्पूर्ण राष्ट्रले नेताजी सुभाष चन्द्र बोसको १२५औँ जन्मजयन्ती मनाइरहँदा, मलाई यो जानकारी गराउन पाउँदा खुसी लागेको छ कि इन्डिया गेटमा नेताजीको ग्रेनाइटको भव्य प्रतिमा स्थापना गरिने छ । यो उनीहरूप्रति भारतको कृतज्ञताको प्रतीक हुनेछ ।’

प्रधानमन्त्री मोदीले नेताजी बोसको भव्य प्रतिमा नबन्दासम्म उनको होलोग्राम प्रतिमा त्यही ठाउँमा राख्ने बताए । २३ जनवरीमा नेताजीको जन्मजयन्तीमा होलोग्राम प्रतिमा अनावरण गर्ने उनको भनाई छ ।

प्रकाशित : २०७८ माघ ७, शुक्रबार १३:३७

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ