पाकिस्तानको सर्वोच्च अदालतमा पहिलो पटक महिला न्यायाधीश


एजेन्सी । पाकिस्तानको सर्वोच्च अदालतमा पहिलो पटक महिला न्यायाधीश नियुक्त भएकी छन् । लाहोर उच्च अदालतकी न्यायाधीश आयशा मलिकले आउँदो सोमवार पाकिस्तानी सर्वोच्च अदालतको न्यायाधीश पदको शपथ लिनेछन् ।

राष्ट्रपति आरिफ अल्वीले हिजो न्यायाधीश मलिकको बढुवा र सर्वोच्च अदालतमा नियुक्तिको अनुमोदन गर्नुभएको हो ।पाकिस्तानको न्यायिक आयोगले जनवरी महिनाको सुरुमा उनको नाम सिफारिस गरेको थियो ।

उनको कार्यकाल सन् २०३१ सम्म रहनेछ । वरिष्ठताका आधारमा उहाँ सन् २०३० मै प्रधानन्यायधीश बन्नेछन् । कट्टर मुस्लिम देश भएकोले पाकिस्तानको सर्वोच्च अदालतमा महिला न्यायाधीश हुनुलाई महत्त्वका साथ हेरिएको छ ।

यसैबीच पाकिस्तान बार काउन्सिल पीबीसी र अल बार एसोसिएशनले भने आयशालाई सर्वोच्च अदालतको न्यायाधीश बनाए विरोध गर्ने चेतावनी दिएका छन् ।

प्रकाशित : २०७८ माघ ८, शनिबार २१:३७

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ