भारतीय प्रधानमन्त्री मोदीले भने, ‘हामीलाई हल्लाउने विश्वमा कुनै शक्ति छैन’


नयाँ दिल्ली । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले भारतको १००औं स्वतन्ता दिवसअघिसम्म सरकारले नयाँ भारत बनाउने लक्ष्य राखेको बताएका छन् ।

स्वर्गीय नेताजी सुभाष चन्द्र बोसको प्रतिमाको अनावरण गर्दै प्रधानमन्त्री मोदीले भने, ‘स्वतन्त्रत भारतको सपनाका लागि कहिल्यै विश्वास नगुमाउनू । भारतलाई हल्लाउने अहिलेसम्म विश्वमा कुनै शक्ति छैन ।’

सरकारले स्वतन्त्र भारतको सपना साकार पार्ने लक्ष्य पुरा गरेको उनले बताए । ‘भारतले १०० औं स्वतन्त्रता दिवस मनाउनुअघि हामीले नयाँ भारत बनाउने लक्ष्य राखेका छौ,’मोदीले भने । सन् २०४७ मा भारतले १००औं स्वतन्त्रता दिवस मनाउनेछ ।

देशका लागि सेवा गर्ने क्रममा सहिद भएका सुरक्षाकर्मीप्रति श्रद्धान्जली व्यक्त गर्दै मोदीले भने, ‘देशका लागि आफ्नो अमूल्य जीवन समर्पण गर्ने सम्पूर्ण सुरक्षाकर्मीप्रति श्रद्धा व्यक्त गर्न चाहन्छु ।’

प्रकाशित : २०७८ माघ १०, सोमबार १८:१२

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ