भारतमा बसले कार र मोटरसाइकललाई ठक्कर दियो : ६ जनाको मृत्यु, १० घाइते


भारतको कानपुरमा बसले कार र मोटरसाइकललाई ठक्कर दिँदा ६ जनाको मृत्यु भएको छ । दुर्घटना आइतबार राति भएको भारतीय मिडियाले जनाएको छ ।

प्रहरीका अनुसार बसले तीन वटा कार र धेरै मोटरसाइकललाई ठक्कर दिएको थियो । मृत्यु भएका ६ जनामध्ये तीन जनाको सनाखत भएको छ । १० जनाभन्दा बढी घाईते भएका छन् । उनीहरुको उपचारका लागि अस्पताल लगिएको छ ।

प्रत्यक्षदर्शीका अनुसार बस अनियन्त्रित हुँदा ट्राफिक प्रहरीको पोष्टसमेत भत्काएको थियो । बस चालक भने फरार भएका छन् । मृतकको संख्या बढ्ने प्रहरीको अनुमान छ ।

प्रकाशित : २०७८ माघ १७, सोमबार ०८:५०

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ