तेजस्वीले जितिन् ‘बिग बोस १५’को उपाधि, ट्रफीसँगै ४० लाख भारु पुरस्कार !


काठमाडौं । अभिनेत्री तेजस्वी प्रकाश भारतीय टिभी रियालिटी शो बिग बोस सिजन–१५ को विजेता भएकी छन् । फाइनलमा तेजस्वीले प्रतीक सहजपालालाई हराउँदै उपाधि जितेकी हुन् ।

उनले ‘बिग बोस १५’ को ट्रफीसँगै ४० लाख भारतीय रुपैयाँ प्राप्त गरिन् । भारतीय सञ्चारमाध्यमका अनुसार तेजस्वी र प्रतिकबीच कडा टक्कर भएको थियो । शोमा भएका सबैले प्रतीकलाई विजेता मानेका थिए ।

सामाजिक सञ्जालमा समेत प्रतीकलाई विजेता घोषित गरिएको थियो । तर, तेजस्वी विजेता बन्न सफल भइन् । तेजस्वीले ट्रफि जितेपछि सामाजिक सञ्जालमा चर्को आलोचना भएको छ । प्रतीक नै विजयी हुन योग्य भएको भन्दै सामाजिक सञ्जालमा विरोध जनाइएको छ ।

प्रकाशित : २०७८ माघ १७, सोमबार ०९:३७

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ